७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जिलीको रेडारा पीकअप काठमाडौंमा




काठमाडौं–चिनियाँ कम्पनी जिलीको इलेक्ट्रिक ब्राण्डले उत्पादन गरेको रेडारा पीकअप सिजी मोटर्सले काठमाडौं भित्र्याएको छ । सिजी मोटर्स रेडारा पीकअपको नेपालको लागि आधिकारिक बिक्रेता हो ।

जीवीटी चार्जर लाग्ने बनाएर रेडारा पीकअपलाई सिजी मोटर्सले काठमाडौं ल्याएको हो । यसलाई आगामी भाद्र ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शो २०२४ मा प्रदर्शनी गरिने भएको छ ।

चीनमा रेडारा ६३ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध भएको छ । टु ह्वील ड्राइभ भर्सनमा रियर एक्सेलमा २०० किलोवाटको इलेक्ट्रीक मोटर छ । एनइडीसीले यस पीकअपको अधिकतम रेन्ज ३७७ किलोमिटर प्रमाणित गरेको छ ।
रेडारा पीकअपको पेलोड क्यापासिटी ७७५ केजी र टोइङमा २५०० केजी छ । यो पीकअप ८१५ एमएमसम्मको पानीमा गुड्न सक्छ । यो पीकअपको अधिकतम स्पीड १८५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

पीकअपको लम्बाई ५२६० एमएम, चौडाई १९०० एमएम र १८६५ उचाई रहेको छ । यो ईभीमा ३१२० एमएमको ह्वीलबेस रहेको छ । यसमा २२५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

  :