७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

हिमालयन बैंकको शाखा स्थानान्तरण




काठमाडौं–हिमालयन बैंकले शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकले नजिक भएका शाखा सञ्जालमध्ये स्वयम्भू शाखा–२ लाई स्थानान्तरण गरी वडा नं १६, बालाजु चोकबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सोमबारदेखि सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले गर्नुभएको थियो । बैंकले देशभर एक सय ७४ शाखा, २० विस्तारित काउन्टर, दुई सय ६४ एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

  :