माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

बुढानीलकण्ठ नगरको धनेश्वर खेल मैदान बनाउने बिषयमा छलफल




काठमाडौं–बुढानीलकण्ठ नगरपालिका वडा ४ मा धनेश्वर खेल मैदान बनाउन प्रक्रिया शुरु भएको छ । ३५ रोपनी क्षेत्रफलको सार्वजनिक जमिनभित्र केही निजी जमिन देखिएकाले समस्या उत्पन्न भएपछि यस बिषयमा बुधबार नगरपालिका र सरोकारवाला पक्षबीच छलफल भएको छ ।

एक निर्वाचन क्षेत्र एक खेल मैदान अन्तरगतको यस खेल मैदानका लागि बुढानीलकण्ठ नगरपालिकाले निरन्तर बजेट विनियोजन गर्दै आएको छ ।

बुधबार सम्पन्न छलफलमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, नेपाली काँग्रेसका नेता नरहरि आचार्य, बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, १३ वटै वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरु तथा सरोकारवाला पक्षको सहभागिता रहेको थियो । छलफलमा चाँडो भन्दा चाँडो बुढानीलकण्ठको शान बन्ने धनेश्वर खेल मैदान निर्माण गर्नुपर्नेमा सबै पक्षले जोड दिएका थिए ।

  :