७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

कामा ब्राण्डका ११ र १४ सीट क्षमताका ईभीको बिक्री शुरु




काठमाडौं– त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्राण्डको बिद्युतीय ११ र १४ सीट क्षमताको भ्यान तथा माइक्रोबसको बिक्री वितरण शुरु गरेको छ ।

नेपालमा कमर्सियल र प्यासेन्जर दुवै प्रयोजनमा हुने बिद्युतीय भ्यानको माग बढन थालेपछि त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले चीनको स्याङ्डो कामा अटोमोबाइल कम्पनी लिमिटेडबाट आधिकारिक वितरकको रुपमा बिद्युतीय गाडीहरु आयात गरि बिक्री गर्दै आईरहेको छ ।

स्याङडो कामा अटोमोबाइल कम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्मातामध्ये एक हो । यसका उत्पादनहरु विश्वका ६० देशहरुमा विक्री हुँदै आएका छन् ।

११ र १४ सिट क्षमताको कामा ईभी माइक्रोमा क्रमशस् ३५ र ७० किलोवाट क्षमताको रहेका छन् भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० किमी रेञ्ज प्रदान गर्छ । कामाका सबै इलेक्ट्रिक भ्यानहरुमा सिएटीएल ब्याट्री जडान हुन्छ ।

  :