माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

टेक्नो मोबाइलको ब्राण्ड एम्बेसडरमा क्रिकेटर शेख दाजुभाई




काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय टोक्नो मोबाइलको ब्राण्ड एम्बेसडरमा नेपालका प्रख्यात क्रिकेट खेलाडीद्वय आशिफ शेख, आरिफ शेख अनुबन्धित भएका छन् । बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा शेखद्वयलाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो । शेखद्वय दाजुभाई हुन् । टेक्नो ब्राण्डको नेपालमा आधिकारिक विक्रेता महालक्ष्मी मोबाइल्स प्रालि रहेको छ ।

कार्यक्रममा सञ्चालन गरिएको लक्की ड्रममा ईभी काठमाडौं डटकमका कार्यकारी अध्यक्ष एवम् टिभी टुडेका मार्केटिङ हेड सचिन्द्र दाहालले टेक्नो ब्राण्डको मोबाइल प्राप्त गरेका थिए । अध्यक्ष दाहाललाई ब्राण्ड एम्बेसडर शेखद्वयले मोबाइल हस्तान्तरण गरेका थिए ।

टोक्नो मोबाइल प्रतिस्पर्धी ब्राण्डमध्ये धेरै फिचर भएको सुपथ मूल्यको ब्राण्ड भएको कम्पनीको दावी छ । नेपाली बजारमा टेक्नो ब्राण्डको मोबाइलले छोटो समयमा नै उल्लेख्य बजार विस्तार गरेको छ । टेक्नो ब्राण्डका मोबाइलहरु ग्राहकहरुले रोजेको र खोजेका जस्ता छन् । टेक्नो ब्राण्डका मोबाइलहरुमा प्रयोगकर्ताको रोजाई अनुसार विभिन्न फिचर उपलब्ध छन् । सर्भिस तथा पार्टस्हरु पनि सहजै पाइने कम्पनीले जनाएको छ ।


धेरै विशेषता भएको टेक्नो ब्राण्डका मोबाइलहरु बलियो र गुणस्तरीय भएकाले प्रयोगकर्ताहरुलाई ढुक्क हुन कम्पनीले आग्रह गर्दै आएको छ ।

  :