७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

टाटा मोटर्सको ‘श्रावणमै दशैं अफर’




काठमाडौं–नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले श्रावणमै दशैं अफर ल्याएको छ ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा साउन २५ गते देखि २७ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ ।


यस कार्यक्रममा निःशुल्क रुपमा अटोप्लस इन्स्योरेन्स, ३ वर्षको सर्भिसिङ्ग, १ वर्षको सवारी कर, एसेसरिज तथा आकर्षक एक्सचेन्ज बोनस लगायतका सुविधाहरु प्राप्त गर्न सकिने जनाइएको छ ।

साथै साउनमै दसैँ कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । यस कार्यक्रममा सहभागी भई नयाँ टाटाका विद्युतीय गाडीहरु खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

  :