७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

यामाहाले एमटी–१५ भी२ को बुकिङ खुलायो



काठमाडौं–यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले एमटी–१५ भर्सन–२ को बुकिङ खुलाएको छ ।

एमटी–१५ यामाहाको चर्चामा आएको न्याकेड स्पोर्टस् मोटरसाइकल हो । यस अगाडि रेगुलर एमटी–१५ बिक्री गर्दै आएको थियो । हाल भने यसको अपडेट भर्सन भी–२ नेपाल ल्याउन लागिएको हो । एमटी–१५ भी२ मा रेगुलर भर्सनमा जस्तै १५५ सिसी क्षमताको इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले १८.५ पिएस पावर र १४.१ एनएम टर्क जेनेरेट गर्दछ ।

सो नयाँ मोटरसाइकलको हेड लाइटलाई अपडेट गरिएको छ भने गोल्डन फ्रन्ट फोर्क र नयाँ सस्पेन्स सिस्टमसहित केही नयाँ फिचर थप गरिएको छ । साथै यसमा डुअल च्यानल एबिएस, ट्रयाक्सन कन्ट्रोल सिस्टम र एसिस्ट एन्ड स्लिपर क्लच लगायत फिचर राखिएको छ ।

  :