७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल एण्ड रिर्सोटमा छुट



काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई ल्यान्डमार्क होटेल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमति भएको छ ।

सहमतिमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ–सेल्स तथा बिजनेस विभाग प्रमुख प्रकाश पौडेल र ल्यान्डमार्क होटेल एण्ड रिर्सोट प्रालिका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गरे ।

सहमतिअनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले ल्यान्डमार्क होटेल एण्ड रिर्सोटको काठमाडौं, पोखरा, चितवन तथा भैरहवास्थित होटेल तथा रिसोर्टमा उपलब्ध सेवामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बैंकका ग्राहकले होटेल तथा रिर्सोटमा उपलब्ध सेवामध्ये बेड एण्ड ब्रेकफास्ट, खाना तथा संचालनमा रहेका अन्य सुविधाहरूमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

  :