७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्यूठानको बिजुवारमा प्रभु बैंकको नयाँ शाखा




काठमाडौं–प्रभु बैंकले देशभर आफ्नो शाखा विस्तार गर्ने क्रम जारी राखेको छ । यसैक्रममा प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले सर्वसाधारणहरुको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्दै आईरहेको छ ।


प्युठान नगरपालिका,वडा नं ४ प्युठान स्थित बिजुवारमा आप्mनो ३१५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो । जिल्ला समन्वय समिति प्रमुुख धरम बहादुर जीसीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

प्रभु बैंक लि।को यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

  :