६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

तीन दिनसम्म सुजुकीको मनसुन फ्रि सर्भिस क्याम्प




काठमाडौं – नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पलेआइतबारदेखि मनसुन फ्रि सर्भिस क्याम्पको आयोजना गरेको छ ।

KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE नाराका साथ मनसुन फ्रि सर्भिस क्याम्प आगामी मंगलबार सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । सुजुकीको मनसुन फ्रि सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको सम्भावना हुने कम्पनीले जनाएको छ । सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन गरिएको पनि कम्पनीले जनाएको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ७ जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसेसरिज प्याकेज पनि जित्न सक्ने छन् ।

सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत सम्मको छुट पाउने छन् भने लेवर चार्जमा २० प्रतिशत सम्मको छुट र स्पेयर पार्ट्स र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउने छन् ।

  :