७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

हिमालयन बैंकको ललितपुरको जावलाखेल र धनुषाको भानुचोक शाखा स्थानान्तरण




काठमाडौं–हिमालयन बैंक लिमिटेडले ललितपुरको जावलाखेल र धनुषाको भानुचोकस्थित शाखा स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्चालहरुमध्येबाट स्थानान्तरण गर्दै आएको छ ।

बैंकले जावलाखेल शाखा र धनुषाको भानुचोकस्थित जनकपुर शाखा–२ लाई स्थानान्तरण गरी आइतबारदेखि नयाँ ठाउँबाट सेवा शुभारम्भ गरेको जनाएको छ । बैंकले जावलाखेल शाखालाई ललितपुर महानगरपालिका वडा नम्बर ७ सुनाकोठीमा र जनकपुर शाखा २ लाई पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बैकिङ सेवा प्रदान गरेको जनाएको छ ।

सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले गरेका थिए भने पिडारी चोकको शुभारम्भ भने बैंकका मधेस प्रदेशका प्रदेश प्रमुख सागरकुमार रेग्मीले गरेका थिए ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २७२ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल र १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

  :