७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सस्तो मूल्यको काईसाई स्कूटर नेपाली बजारमा




काठमाडौं– चीनको काईसाई ब्राण्डको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एनले काईसाई ब्राण्डको इलेक्ट्रिक स्कूटर भित्र्याएको छ ।

१४० किलोमिटर हाराहारी रेन्ज दिने यो स्कुटरमा २४०० वाट पिकपावर भएको हब मोटर दिइएको छ ।
यसमा प्रयोग भएको १२ इन्चको व्हिल साइजले गर्दा यसको ग्राउण्ड क्लियरेन्स भने केही अग्लो छ । करिब १७० एमएमको ग्राउण्ड क्लियरेन्स भएकोले यसलाई अफरोडमा समेत सहजै चलाउन सकिन्छ ।

यो नयाँ स्कुटरको अगाडी डिस्क बे्रक र पछाडि ड्रम बे्रक रहेको छ । यसलाई चावी अथवा रिमोट कन्ट्रोल दुबैबाट स्टार्ट र अफ गर्न सकिन्छ । यसमा एन्टिथेप्ट व्हिल लक सिस्टम पनि दिइएको छ । एन्टिथेप्ट मोडमा छाड्दा कसैले यसलाई चलाउँदा यसको साइरन बज्छ भने व्हिल आफै लक हुन्छ । नयाँ स्कुटरको मूल्य १ लाख ६५ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।

  :