फाल्गुन २८, २०८२ बिहीबार | Thu Mar 12 2026

आइएमई लाइफ इन्स्योरेन्सले सातौं बर्ष प्रवेश, विभिन्न कार्यक्रम गर्दै




काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्सले सातौं बर्ष प्रवेशको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । साउन २७ देखि आगामी भदौ १ गतेसम्म कम्पनीले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।

साउन २७ गते आईतबार देखि भदौ १ गते शनिबारसम्म वृक्षारोपण कार्यक्रम, बीमा साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा सामग्री वितरण कार्यक्रम, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, सेनिटरी प्याड भेन्डि मसिन हस्तान्तरण, प्रभातफेरी कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने जनाएको छ ।

सोही अनुरुप साउन २७ गते आईतबार कम्पनीले गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं ३ स्थित ग्रीन पार्क, सुदुरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला, शुक्लाफाट नपा वडा नं ०९ स्थित बृन्दाबन सामुदायिक बन, कर्णाली प्रदेश, सल्यान जिल्ला, शारदा नपा वडा नं ०१ छाँपडाडा तथा लुम्बिनी प्रदेश, बाँके जिल्ला, कोहलपुर वडा नं ०८ स्थित सितल छायासामुदायिक बनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

  :