७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नामी बक्सका दुई भेरियन्ट नेपाली बजारमा




काठमाडौं– चिनियाँ कम्पनी डङफेङको नामी बक्स ईभी दुई वटा भेरियन्टमा नेपाल ल्याइएको छ । नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले उक्त गाडी नेपाल भित्र्याएको हो ।

कम्पनीले उक्त गाडीको अधिकतम खुद्रा मूल्य समेत सार्वजनिक गरेको छ । नामी बक्स बेस भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस गाडीमा ३१.४ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको कम्पनीले जनाएको छ । यस्तै अर्को भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार उक्त गाडीमा ४२.३ किलोवाट क्षमताको ब्याट्र प्याक रहेको छ । दुवै मोडलका गाडीमा ७० किलोवाट क्षमताको मोटर रहेको पनि कम्पनीले जनाएको छ ।

  :