७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

५ लाख रुपैयाँ सस्तो मूल्यमा नयाँ ओमोडा ई५




काठमाडौं–नेपालको लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइलले हाल उपलब्ध मोडलभन्दा कम मूल्यको ओमोडा ई५ मोडल ल्याएको छ ।

हाल ओमोडा ई५ लक्स भेरियन्ट नेपाली बजारमा उपलब्ध छ । यसको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ छ । अब ल्याइएको नयाँ भेरियन्ट ई५ डिलक्सको मूल्य भने ५५ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । नयाँ भेरियन्टमा केही फिचर भने छैनन् ।

नयाँ मोडलमा पहिलेको मोडलको तुलनामा सनरुफ र रियर रिडिङ लाइट, ३६० डिग्री क्यामेरा, प्राइवेसी एन्ड साइलेन्ट ग्लासेज, रियर डाइनामिक टर्निङ लाइट, पडल लाइट र पावर टेलगेट जस्ता फिचर हुने छैनन् । अन्य फिचर भने यथावत रहने छन् ।

  :