७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

कामाको इभी नेपाली बजारमा




काठमाडौं–चिनियाँ लाइट कमर्शियल मेहिकल उत्पादक स्याङडोङ कामा अटोमोबाइलको इलेक्ट्रिक मेहिकल नेपालमा आएको छ ।

कामाको ईएसपी सेभेन मोडल १४ सिटे इलेक्ट्रिक भ्यान हो । स्याङडोङ कामा अटोमोबाइलको इलेक्ट्रिक कमसियल भेहिकलको आधिकारिक वितरक त्रिवेणी मोटोकर्पले आगामी नाडा अटो शोमा लञ्च गर्ने तयारी गरेको छ ।
हाल चिनियाँ कमर्शियल भेहिकल डोङफेङको डीएफएसी ब्राण्डको इलेक्ट्रीक भ्यान बिक्री गर्दै आएको त्रिवेणीले अर्को चिनियाँ ब्राण्ड प्राप्त गरेको हो ।

इलेक्ट्रीक भ्यानमा ४१.८६ किलोवाट आवरको सीएटीएलको लिथियम आयोन फोस्फेट ब्याट्रीप्याक रहेको छ । यस भ्यानले एकपटकको फुलचार्जमा २८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यो ईभी भ्यान मात्र ४५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने तथा १०० किलोमिटर प्रतिघण्टाको टपस्पीड रहेको छ । यसको लम्बाइ ४८६५ एमएम, चौडाइ १७१५ एमएम तथा उचाइ २०६५ एमएमको रहेको छ । यो भ्यानको ह्वीलबेस ३०५० एमएमको रहेको छ । रियर ह्वील ड्राइभ मोटर दिएको यो भ्यानको कर्भवेट १६२० केजी रहेको छ भने लोडिङ क्यापासिटी ११०० केजीसम्मको रहेको छ ।

दुवै ईभी भ्यानमा एसी, किलेस इन्ट्री, पावर विण्डो, सेन्टरलक, रिभर्स क्यामरा तथा पार्किङ सेन्सर, मल्टिफङ्सन डिस्प्ले, डिउल एयरब्याग,पावर स्टेरिङ, गियरसिफ्ट इन्डिकेटर, एबीएस, ईबीडी, स्पेयर टायर लगायत फिचर छन् ।

  :