७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आईएमई र जिएमई मर्ज, आजदेखि एकीकृत कारोवार




काठमाडौं–आईएमई लिमिटेड र जिएमई रेमिटबीच मर्ज भएको छ । यो रेमिटयान्स क्षेत्रमा पहिलो मर्ज हो । मर्जपछि बुधबारदेखि एकीकृत कारोवार शुरु भएको छ ।

आइएमईले जिएमई रेमिटलाई प्राप्ति गरेपछि दुर्ई कम्पनी एक भई आइएमई लिमिटेडको नामबाट कारोबार हुने भएको हो । कम्पनीको अध्यक्ष हाल चन्द्रप्रसाद ढकाल रहनुभएको छ तर एकीकृत कारोबारपछि भने अध्यक्ष हेमराज ढकाल बन्नुहुनेछ ।

मर्जपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ हुनेछ । हाल आइएमईको पुँजी ९० करोड र जिएमईको पुँजी २५ करोड रुपैयाँ रहेको छ । रेमिट्यान्स कारोबार रकमका आधारमा आइएमई पहिलो र जिएमई तेस्रो ठूला कम्पनी हुन् । आइएमई देशकै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो भने जिएमई जापान र कोरियाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो ।

मर्जपछि कम्पनीले १० प्रतिशत सेयर सार्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । दुवै कम्पनीको गत जेठमा भएको साधारणसभाले एक आपसमा गाभ्ने तथा गाभिनेसम्बन्धी प्रस्ताव पारित गरेका थिए । सोही प्रस्तावअनुसार साउन ३० गते एकीकृत कारोबार हुने भएको हो ।

  :