७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आइएमईलाई चाँडै नै पब्लिकमा लैजादैछौं : ढकाल




काठमाडौं– आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आइएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुनाकुनाका जोकोहीको पहिलो रोजाई बन्न पुगेको बताउनुभएको छ ।

इएमई र जिएमई रेमिटबीच मर्जरपछि बुधबारदेखि एकीकृत कारोवार शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले रेमिट्यान्स सेवाबाट व्यावसायिक यात्रा शुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको बताउनुभयो ।

उहाँले आइएमईलाई चाँडै नै पब्लिकमा लैजाने बताउँदै जनतालाई मालिक बनाउने हाम्रो अर्को यो पहल हो भन्नुभयो । उहाँले भन्नुभयो– आइएमई सुरुवातको समय करिब २० प्रतिशत मात्र औैपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ । यसमा नेपालको पहिलो रेमिट्यान्स कम्पनीको रुपमा आइएमईको योगदान अवश्य धेरै नै छ । नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा पनि हाम्रा बैंक तथा वित्तीय संस्थाको रहेको छ ।

  :