७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सानिमा बैंकका ग्राहकलाई कुरिनटारस्थित रिभर स्प्रिङ्स रिसोर्टमा छूट




काठमाडौं– सानिमा बैंकका ग्राहकहरुले अब चितवनको कुरिनटारस्थित रिभर स्प्रिङ्स रिसोर्टमा विशष छूट पाउने भएका छन् । डिजिटल बैंकिङ माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सानिमा बैंकले रिभर स्प्रिङ्स रिसोर्टसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकले सानिमा भिसा डेबिटरक्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्स रिसोर्टका विभिन्न सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

  :