माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

पञ्च ईभीको टेष्ट ड्राइभ सौराहामा




काठमाडों– नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रद्री ट्रेडिङले नेपालभर रहेका डिलरहरुलाई आगामी भदौ ११ गतेदेखि हुने नाडा अटो शोमा लञ्च गर्न लागिएको पञ्च ईभीको चितवनको सौराहामा टेष्ट ड्राइभ गराएको छ ।


टेस्ट ड्राइभ कार्यक्रममा डिलरसँगै सिप्रदीको प्यासेन्जर भेहिकलको व्यवस्थापन टिम, टाटा मोटर्स भारतको प्रतिनिधिहरू र सर्भिस टिमको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

नाडा अटो–शोमा लन्च गर्न लागिएको पन्च इभी नेपालको बहुप्रतीक्षित गाडी भएको कम्पनीको भनाइ छ । सबै सहभागीहरुबाट पन्च ईभीलाई देखेर उत्साहित प्रतिक्रिया आएको कम्पनीले जनाएको छ ।

पन्च ईभीमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरु छन् ।

  :