७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

समाज डेन्टलमा प्रभु बैंकका कर्मचारी र ग्राहकहरुलाई विशेष छूट




काठमाडों– प्रभु बैंक लिमिटेडका ग्र्राहकवर्ग र कर्मचारीहरुले काठमाडौंको बानेश्वरस्थित समाज डेन्टल हस्पिटलमा विशेष छूट पाउने भएका छन् । यस सम्बन्धी सम्झौतापत्रमा बैंक र हस्पिटलका अधिकारीहरुबीच हस्ताक्षर भएको छ ।

छूट सम्बन्धी सम्झौतापत्रमा समाज डेन्टलकी निर्देशक श्रेया पाण्डे र बैंकका बाग्मति प्रदेश प्रमुख सुदेशकुमार देवकोटाले हस्ताक्षर गरेका छन् । हस्पिटलको दन्त स्वास्थ्य सेवामा बैंकका कर्मचारी र परिवारजनले १५ प्रतिशत तथा ग्राहकहरुले १० प्रतिशत छूट पाउने सम्झौतामा उल्लेख ।

यो सेवा समाज डेन्टलका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

  :