७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बैद्यज् इनर्जीद्वारा एथर ४५० एस स्कूटरको बिक्री शुरु




काठमाडौं– एथर इलेक्ट्रिक स्कूटरको नेपालका लागि आधिकारिक बिक्रेता बैद्यज् इनर्जीले नेपालमा एथर ४५० एसको बिक्री शुरु गरेको छ ।

एथर ४५० एक्स जस्तै ४५० एस पनि दुई भेरियन्टमा नेपाल आएको हो । एथर ४५० एसमा एक्सकै समान फिचर उपलब्ध हुनेछ । एस भेरियन्टमा भने टच स्क्रीन डिस्प्ले उपलब्ध हुने छैन ।

कम्पनीले एथर ४५० एसको मूल्य ३ लाख ५० हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरू गरेको हो । एथर ४५० एस २।९ किलोवाट र ३.७ किलोवाट आवरको ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । यसमा पार्किङ एसिस्ट, रिभर्स गियर, अटो होल्ड, गुगल म्यापसहितको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यी स्कुटरले सिंगल चार्जमा ९५ किलोमिटरदेखि १५० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीले सानो ब्याट्री प्याक भएको स्कुटरको मूल्य ३ लाख ५० हजार र ठूलो ब्याट्री प्याकको ३ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।

  :