७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जगदम्बा मोटर्सले ल्यायो एफआई इञ्जिनको टीभीएस रेडर १२५



काठमाडौं– टीभीएस मोटरसाइकल र स्कूटरको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसको नयाँ भर्सन रेडर १२५ एफआई इञ्जिनमा नेपाल ल्याएको छ ।

कम्पनीले कार्बुरेटर इञ्जिन भएको रेडरको मूल्य २ लाख ७० हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आएकोमा एफआई इञ्जिनको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । रेडरमा १२४.८ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर आयल कुल्ड इन्जिन रहेको मोटरसाइकलले अधिकतम ७५०० आरपीएममा ११.३८ पीएस पावर र ६ हजार आरपीएममा ११.२ एनएम अधिकतम टर्क उत्पादन गर्छ ।

टीभीएस रेडर १२५मा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिंग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायत विशेषताहरु छन् ।

  :