७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नाडा अटो शोमा सार्वजनिक हुँदै सेडान दिपल एल०७



काठमाडौं– दिपल एस०७ प्रिमियम ईभीपछि चांगनको अर्को प्रिमियम सेडान दिपल एल०७ यही भदौ ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शोमा सार्वजनिक गरिने भएको छ ।

चांगानको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सेडान दिपल एल०७ ले एस०७ स्थापित गरेको अटोमोबाइल प्रविधिको मापदण्डको सीमा अगाडि फैलाउने विश्वास लिएको जनाएको छ । कम्पनीले यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ कायम गरेर बिक्री सुरु गर्न लागेको हो ।

डिजाइनको हेरिटेज मानिने इटालीको टुरिनमा डिजाइन गरिएको यो ईभीले डिजाइन क्षेत्रको ओस्कार भनेर चिनिने रेड डट अवार्ड २०२३ हासिल गरेको थियो । फ्रेमलेस डोर र इलेक्ट्रीक हिडन डोर ह्यान्डल सिस्टमसहितको स्लिक एरोडाइनामिक प्रोफाइल यसमा दिइएको छ ।

क्याबिनको बीचमा १५.६ इञ्चको ‘सनफ्लावर टचस्क्रिन’ छ, जुन टचस्क्रिनलाई ‘इन्टयाक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ ।
दिपलमा ‘वेलकमिंग सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाई अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । दिपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि ७० लिटरको ‘फ्रंक’ स्पेस रहेको छ । यसमा रहेको १९ इन्चको ह्वील दिइएको छ । यसमा एडास २.५ प्रयोग भएको छ ।

दिपल एल०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ छ जसमा ९९ किलोवाट क्षमताको एल०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री रहनेछ जसले सिंगल चार्जमा आकर्षक ५३० किलोमिटरको रेन्ज दिनेछ । लामो यात्राका लागि यो सेडान लक्जरियस र क्यापेबल दुवै हुनेछ । यसका साथै यसमा रियर ह्विल ड्राइभ रहनेछ जसले सन्तुलित पर्फमेन्स दिनेछ । यसको प्रयोग भएको एड्भान्स डिजिटल ब्याट्री म्यानेजमेन्ट सिस्टमले इनर्जी इफिसेन्सीलाई सबल बनाउने कम्पनीले जनाएको छ ।

  :