७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बुद्ध एयरको टिकट किन्दा विशेष छूट



काठमाडौं– प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बुद्ध एयरको टिकट किन्दा विशेष छूट पाउने भएका छन् । यससम्बन्धी सम्झौतापत्रमा प्रभु बैंकका चिफ म्यानेजर मञ्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरका डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धवलाल कायष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशत छूट पाउनेछन् । बुद्ध एयरले टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ ।

११ वैशाख २०५३ मा स्वीकृति प्राप्त गरी २५ असोज २०५४ देखि उडान सुरु गरेको बुद्ध एयरले हाल आएर आन्तरिक उडानका साथसाथै भारतको बनारससम्म पनि आफ्नो सेवा विस्तार गरेको छ ।

त्यसैगरी, ग्राहकहरूको रोजाइमा अग्रणी बैंकको रूपमा रहेको प्रभु बैंक ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित भइसकेको छ भने यस बैंकले नेपालभर रहेका आफ्ना ३१५ शाखा कार्यालय, २८६ वटा एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकहरूलाई उच्चस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

प्रभु बैंकले लन्डनस्थित दि फाइनान्सियल टाइम्सले बैंक अफ दि इयर– २०२३ अवार्ड र छोटो समयको अन्तरालमै फिनाकल इन्फोसिस इन्नोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भइसकेको छ ।

  :