६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

नेशनल लाइफको चार दिने ब्रान्च म्यानेजर्स एनुअल कन्फरेन्स




काठमाडौं– नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सेपिङ द फ्युचर’ भन्ने नाराका साथ चारदिने ब्रान्च म्यानेजर्स एनुअल कन्फरेन्स चितवनस्थित होटल सोल्टी वेस्टेन्डमा सम्पन्न गरेको छ ।

कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले उदघाटन गर्नुभएको कार्यक्रममा अध्यक्ष सिंहले आर्थिक वर्ष २०८०र८१ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचकाङ्कमा उत्कृष्टता हासिल गर्न सफल हुनुमा कम्पनीका बीमित वर्गहरू, अभिकर्तावर्गहरू, व्यवस्थापन र कर्मचारीहरूको अथक मिहिनेत, परिश्रम र लगनशीलता नै प्रमुख कारण भएको बताउनुभयो । अध्यक्ष सिंहले आ.व. २०८०÷८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरूलगायत सबैभन्दा बढी प्रिमियम संकलन गर्ने शाखाहरू र उत्कृष्ट ठहरिएका ५ शाखाहरूलाई सम्मान तथा पुरस्कार समेत वितरण गर्नुभयो ।

जीवन बीमा व्यवसायसँग सम्बन्धित विभिन्न पाटोहरू र जीवन बीमा कम्पनीका चुनौतीहरूको विवेचना गरी आ.व.२०८१÷८२ का लागि लक्ष्य निर्धारण गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा विभागीय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी २ सय जनाभन्दा बढीको सहभागिता थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसात् गर्दै आपसी समन्वय गरी अगाडि बढेका कारणले नै कम्पनीको उच्च बोनसदरलाई यथावत् राख्न सकिएको र प्रथम बीमाशुल्क ५०० करोडभन्दा बढी संकलन गर्न सफल भएको बताउनुभयो । ।

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सविता थापाले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण दिँदै बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्न सक्ने भएकाले सोतर्फ सचेत रहन आग्रह गर्नुहुँदै राष्ट्रिय हितका लागि आतंकवादी वित्तीय लगानी रोक्नु हामी सबैको कर्तव्य भएको बताउनुभयो । साथै, सो कार्यक्रमा मोटिभेसनल ट्रेनर सुदीप बस्नेतले सहभागी कर्मचारीहरूलाई तालिम प्रदान गर्नुभएको थियो । यसैगरी, आर्ट अफ लिभिङका नेपालका वरिष्ठ प्रशिक्षक अच्युत गौतम र शैलेन्द्र हमालले सम्पूर्ण कर्मचारीलाई तनाव व्यवस्थापन सम्बन्धमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।


उपस्थित कर्मचारीहरूलाई यथेष्ट मनोरञ्जन प्रदान गरिएको सो सम्मेलनमा प्रदेशस्तरीय फुटबल प्रतियोगितालगायत साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो ।

  :