७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिटीजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ प्रतियोगितामा विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण




काठमाडौं– सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडले पार्टनर फर प्रोग्रेस (हजुरको प्रगतिको सहयात्री) प्रतियोगितामा विजेताहरुको घोषणा गरेको छ ।

प्रतियोगितामा निकिता गुरुङ उत्कृष्ट, बबिता दुलाल दोस्रो र कृशल श्रेष्ठ तेस्रो भएको बैंकले जनाएको छ । बिजेताहरुले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बिजेताहरुलाई आइतबार आयोजित एक विशेष कार्यक्रमबीच नगद पुरस्कारस्वरुप चेक हस्तान्तरण गर्नुभएको छ ।

बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन गत जेठ र असार महिनामा पार्टनर फर प्रोग्रेस
(हजुरको प्रगतिको सहयात्री) नामक फेसबुक भिडिओ प्रतियोगिताको आयोजना गरेको थियो । व्यक्तिगत वा व्यावसायिक रुपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पु¥याउने व्यक्ति वा संघसंस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।

जीवनमा सफलता प्राप्ति गर्न र आपूmले चाहेको लक्ष्य हासिल गर्न आप्mनो परिवारका सदस्यहरुको भूमिका निकै नै महत्वपूर्ण हुने विजयीहरुले आ–आफ्नो भिडिओमार्फत दर्शाएको पनि बैंकले जनाएको छ ।

  :