७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

केईको तीन ईभीको नाम बताउनुस, पुरस्कार जित्नुस




काठमाडौं– चिनियाँ ब्राण्ड केईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इमोविलिटीले आगामी भाद्र ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शोमा तीन मोडल प्रदर्शन गर्ने भएको छ ।

कम्पनीले प्रदर्शनीम रहने नयाँ मोडलको बारेमा अनुमान गर्न शोसल मिडियामार्फत आग्रह गर्दै सही उत्तर दिनेलाई विशेष उपहारको व्यवस्था रहेको समेत जनाएको छ । भाद्र ४ गते मंगलबारदेखि शुरु भएको क्याम्पेन आगामी १० भाद्र सम्म चल्ने समेत कम्पनीले जनाएको छ ।

सहभागिता जनाउन केई नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गएर उत्तर लेख्नु पर्ने हुन्छ । क्याम्पेनमा सहभागी हुन केई नेपालको फेसबुक पेज https://www.facebook.com/profile.php?id=61559338062381 र इन्स्टाग्राम पेज https://www.instagram.com/kaiyinepal_lem/ मा जानु पर्छ ।

सहभागी मध्यबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्नु हुनेछ। केइ नेपालको सोसियल मीडिया फोलोवर्स र फेन्सहरुले यस रमाइलो क्याम्पेनमा अनुमान गरि भाग्यशाली विजेता बन्न सक्नुहुनेछ ।

  :