७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ओरा–थ्री ईभीको मूल्य ५ लाख घट्यो




काठमाडौं– ओरा कम्पनीले ओरा–थ्री ईभीमा एकैपटक ५ लाख रुपैयाँ घटाएको छ । ओराको नेपालको लागि आधिकारिक बिक्रेता ग्रेटवाल मोटर्स हो ।

यस अगाडि ४७ लाख ४९ हजार मूल्य तोकिएको ओरा–थ्र्र्र्री अब ४२ लाख ९० हजारमा नै उपलब्ध हुने कम्पनीले जनाएको छ । फरक तथा आकर्षक डिजाइन र आरामदायी फिचरले भरिपूर्ण रहेको ओरा–थ्रीमा ४७.७८ किलोवाट आवरको ब्याट्री प्याक छ । उक्त ब्याट्रीलाई एकपटकको फूलचार्जमा ४०० किलोमीटर गुडाउन सकिनेछ । ओरा–थ्रीमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । टर्क भने २१० न्यूटन मिटर पाउन सकिन्छ ।

ह्याचव्याक डिजाइनमा बनेको भएता पनि यो कारको लम्बाई ४२३५ एमएम, चौडाई १८२५ एमएम, उचाई १६०३ एमएम तथा २६५० एमएमको ह्वीलवेस रहेको छ ।

  :