७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेपालभर आठ सयभन्दा बढी ‘नेटा भी’ बिक्री




काठमाडौं– सीजी मोटर्सले नेपालमा नेटा भी ईभी छोटो समयमा नै ८ सयभन्दा बढी युनिटमा बिक्री भएको जनाएको छ । यस गाडीको उच्च प्रस्तुति, विश्वासिलो र वातावरण मैत्री विशेषताका कारण नेपाली ईभी बजारमा देशभरका ग्राहकहरुको मन जित्न सफल भएको सीजी मोटर्सले जनाएको छ ।

प्रत्येक नेटा भीमा उन्नत र अत्याधुनिक प्रविधिका साथै उत्कृष्ट इञ्जिनीयरिङ रहेको छ । कम्पनीले नेटाका विशेषताले यो नेपाली बजारमा विशेष स्थान बनाउँदै गएको समेत दावी गरेको छ ।

४०.७ किलोवाट आवरको ब्याट्री रहेको गाडीले ३८० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । ५० किलोवाट क्षमताको मोटर र १२० एनएम टर्क रहेको गाडीलाई २० मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिने जनाएको छ । गाडीको ब्याट्रीमा ८ वर्ष अथवा एक लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी छ ।

होजोन अटोको ब्रान्डका रूपमा रहेको नेटाले चीन, थाइल्यान्ड, इन्डोनेसिया, म्यानमार, ब्राजिल, टर्की, स्पेनलगायतका बजारमा आफ्नो बजार विस्तार गरेको छ । सीजी मोटर्सले नाडा अटो शोमा नेटाको नयाँ मोड नेटा एक्स सार्वजनिक गर्ने भएको छ ।

  :