७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एमजी हेक्टरले राख्यो नयाँ रेकर्ड



एमजीको लोकप्रिय एसयूभी हेक्टरले भारतमा आफ्नो ५ औं वार्षिकोत्सव मनाउँदै सबैभन्दा कम उचाईबाट सबैभन्दा उच्च उचाईसम्मको सडक यात्रा शीर्षकमा भारत बुक अफ रेकर्ड्समा नाम लेखाउन सफल भएको छ ।

२७ जुलाई २०२४ मा केरलाको कुट्टानाडबाट सुरु भएर ३० जुलाई २०२४ मा लद्दाखको उम्लिंगलासम्म उक्त यात्रा सम्पन्न भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ६६ घण्टा ५८ सेकेन्डमा ३ हजार ८४६ किलोमिटर कभर गर्दै एमजी हेक्टरले यो उपलब्धि हासिल गर्ने सबै भन्दा छिटो एसयूभीको पहिचान बनाएको हो । यो उपलब्धि हासिल गर्ने सबैभन्दा तीव्र एसयूभी एमजी हेक्टर बनेको कम्पनीको दावी छ ।

हरेक सडक अवस्थाका लागि अनुकूल हुने गरी डिजाइन गरिएका कारण हेक्टरले यस्तो उपलब्धि हाँसिल गर्न सकेको एमजी मोटर इण्डियाले जनाएको छ । हाई स्ट्रेन्थ स्टील, हट–स्ट्याम्प गरिएको बी पिलर, बाक्लो ढोका प्यानल र रोल–फर्म गरिएको ट्युबुलर स्टील ढोकाहरूको साथ निर्माण गरिएको हेक्टरमा यात्रुहरूको सुरक्षालाई विशेष ध्यान दिएको छ ।

यस एसयूभीमा ट्राफिक जाम असिस्ट र अटो टर्न इन्डिकेटर्स जस्ता एडभान्स ड्राइभर असिस्टेन्स सिस्टमहरू पनि उपलब्ध छ । जसले सुरक्षित र आरामदायी ड्राइभिङ अनुभव सुनिश्चित गर्छ ।

  :