७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्न एक करोडसम्म ऋण दिने




काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले फेस्टिभ अफर अफ भेहिकल लोन योजना ल्याएको छ । नजिक आईरहेको दशैं र तिहारलाई लक्षित गरेर बैंकले यो योजना ल्याएको हो ।

बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजदरमा ल्याएको यस योजनामा मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी अधिकतम एक करोड रुपैयाँसम्म कर्जा दिने बैंकले जनाएको छ ।

कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने समेत बैंकले जनाएको छ । बंैंकले ईभी अंकित मूल्यको ८० प्रतिशत र पेट्रोल र डिजल गाडीको हकमा भने बढीमा ५० प्रतिशतसम्म कर्जा दिने जनाएको छ । यो योजना आगामी कात्तिक मसान्तसम्म लागू हुने बंैकले जनाएको छ ।

७ बर्षसम्मका लागि दिइने कर्जाको ब्याजदर त्यो अवधिभर परिवर्तन नहुने पनि बैंकले जनाएको छ । बंैकका अनुसार कर्जा बैंकका जुनसुकै शाखा कार्यालयबाट निकाल्न सकिनेछ ।

  :