७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बीवाईडीको एटो–थ्रीको बिक्री शुरु




काठमाडौं–बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले शुक्रबारदेखि एटो–थ्री २०२४ मोडल बिक्री शुरु गरेको छ । बीवाइडीको तेस्रो जेनेरेशन ‘अल इलेक्ट्रीक ई प्लेटफर्म’मा बनेको छ।


बीवाइडी एटो–थ्री एड्भान्स मोडलको मूल्य ५६ लाख ९० हजार रुपैयाँ र सुपेरियर मोडलको मूल्य ६७ लाख ८० हजार रुपैयाँ रहेको छ ।

यस गाडीमा अपग्रेटेड कन्टीन्यूवस भ्वाईस कलिङ सपोर्ट ककपिट प्रयोग गरिएको छ । यसअघिको १२.८ इन्चको रोटरी स्क्रीन सट्टा नयाँ इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । डिलीङ्क ४.० इन्टेलीटेन्ट सिस्टम सहितको १५.६ इन्चको फ्लोटिङ टच स्क्रिन एटो–थ्रीमा छ ।

नयाँ एडिशनमा कम्पनीले हिटपम्प सिस्टम पनि अपग्रेड गरेको जनाएको छ । यसलाई पनि कम्पनीले ६० र ४९..९२ किलोवाटको ब्याट्री प्याकमा नै ल्याउन लागेको हो ।

  :