७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेपाली बजारमा ‘एवोन भी’




काठमाडौं–आगामी भाद्र ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शोमा बिद्युतीय गाडी ‘एवोन भी’ राखिने भएको छ । जीएसी मोटर्सको दोस्रो उत्पादन यो गाडी ग्राहकहरुले मनपराउने विश्वास कम्पनीले गरेको छ ।

मिड साइज एसयूभी सेग्मेन्टमा उपलब्ध एवोन भीको लम्बाई ४६०५ एमएम, चौडाई १८७६ एमएम र उचाई १६८६ एमएम रहेको छ ।एवोन भीले सिंगल चार्जमा ५२० देखि ७५० किलोमिटरसम्म रेन्ज दिन्छ । एवोन–भी मोडलमा एच आकारको हेडलाइट, १९ इन्चको मल्टी स्पोक पेटल स्टाइल रीम, क्लोज अफ ग्रिल दिइएको छ ।

कम्पनीले यसमा ११ वटा क्यामेरा, १२ वटा अल्ट्रासोनिक रेडार दिएको छ । उक्त रेडारले एडिगो पाइलट इन्टेलिजेन्ट ड्राइभिङ एसिस्ट सिस्टम सपोर्ट गर्ने कम्पनीले जनाएको छ । यसको इन्टेरियरमा १४.६ इन्चको सेन्टर कन्ट्रोल स्कृन, मेटलबाट बनेको डोर ह्याण्डल र एसीभेन्ट पाउन सकिन्छ । सिटहरु पुरै फोर्ड गर्न मिल्ने छन् ।

  :