७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

लिपमोटरको सी–१० नेपालमा




काठमाडौं–लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले अल इलेक्ट्रिक प्रिमियम एसयूभी सी–१० नेपाल ल्याएको छ । उक्त एसयूभी आगामी भाद्र ११ गतेखि काठमाडौंमा शुरु हुने नाडा अटो शोमा प्रदर्शनी गरिने छ ।

सी–१०मा ६९.९ किलोवाट आवरको ब्याट्री प्याक छ यसले पूmल चार्जमा ४२० किलोमीटर रेञ्ज प्रदान गर्छ । यस्तै यो गाडीमा १६० किलोवाट क्षमताको मोटर छ । यसले ३२० एनएम टर्क उत्पादन गर्छ ।

डीसी फास्ट चार्जरबाट फूल चार्ज गर्न ३० मिनेटको समय लाग्ने कम्पनीले जनाएको छ । यो गाड ि१९० एमएमको ग्राउन्ड क्लियरेन्सको छ ।

  :