७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई के–ल्याबमा २५ प्रतिशत छूट




काठमाडौं –ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा छूट पाउनेसम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले के–ल्याबमा ल्याबसम्बन्धी सेवाशुल्कमा २५ प्रतिशत छुट पाउने छन् ।

सो सम्बन्धी सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ति थापाले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले के(ल्याब, नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवाबापतको भुक्तानीका लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्दा २५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

  :