७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एमजीको जेडएस ईभीको मूल्य एकैपटकमा ६ लाख घट्यो




काठमाडौं– एमजीको जेडएस ईभीको मूल्यमा भारी कटौती गरिएको छ । एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले ‘सेलिब्रेसन अफ दी सेन्चुरी’ नाराका साथ उक्त ईभीको मूल्य एकै पटक ६ लाख रुपैयाँ घटाएको हो ।

नाडा अटो शो र दशैं तिहारको लागि स्पेशल अफर ल्याएको भन्दै कम्पनीले यो अफर सीमित अवधिका लागि मात्रै लागू हुने पनि जनाएको छ ।

कम्पनीले जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजारबाट घटाएर ४६ लाख ९९ हजार रुपैयाँ बनाएको हो । एमजीले विश्वभरि नै एक सय बर्ष पुरा गरेको अवसरमा विभिन्न अफरहरु चलाउँदै आएको छ ।

  :