७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भृकुटीमण्डपमा नाडा अटो शो २०२४ शुरु




काठमाडौैं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा नाडा अटो शो २०२४ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएकोे छ । भाद्र ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने नाडा अटो शोको अर्थमन्त्री बिष्णु पौडेलले एक समारोहका बीच उदघाटन गर्नुभएको छ ।


समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्रले राजस्व र रोजगारीको पु¥याएको योगदान प्रशंसा गर्दै अटोमोबाइल क्षेत्रलाई सरकारले पूर्ण संरक्षण गर्ने बताउनुभयो । उहाँले बिद्युतीय सवारी साधन (ईभी) लगायत अटोमोबाइल क्षेत्रमा नतिजामा आधारित नीति बनाउने पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अटोमोबाइल विलासी वस्तु नभई आवश्यक वस्तु भएको भन्दै यसमा आधारित नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

२४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्ड र १२ हल्का व्यावसायिक सवारी साधनहरु प्रदर्शन गरिएको प्रदर्शनीमा ३३ कम्पनीहरुले लुब्रिकेन्ट्स, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरुको प्रदर्शन गरेका छन् । प्रदर्शनीमा १३० स्टलहरुमा ९५ प्रदर्शकहरुले आफ्ना उत्पादन र सेवाहरु प्रदर्शन गरेर्को समेत नाडाले जनाएको छ । अटो शोले बिभिन्न अटोमोबाइल कम्पनीहरुले एउटै छानामुनि आफ्ना नयाँ उत्पादनहरुको प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ ।

  :