७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इभीमय नाडा अटो शो




काठमाडौंं– आजदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शो २०२४ इलेक्ट्रिक भेहिकल
(ईभी) ले भरिने भएको छ । शोमा चार पाङ्ग्रेतर्फ ईभीको वर्चश्व रहेको छ ।

ग्राहकवर्गको पहिलो रोजाईमा ईभी पर्न थालेपछि अटोमोबाइल व्यवसायीहरुले विभिन्न ब्राण्डका ईभी गाडीहरु प्रदर्शनीमा राखेका छन् । नाडा अटो शोमा बीवाईडी, टाटा, हुण्डाई, आयन सेरेस, किया, स्काई वेल, सिट्रोन, सुजुकी, डिप्पल, ओमोडा, एमजी लगायतका ब्राण्डले ईभी गाडीहरु प्रदर्शनीमा राखेका छन् ।

विगतका बर्षहरुमा नाडा अटो शोमा पेट्रोल र डिजलका नयाँ गाडीहरुमा ग्राहकहरुको चासो हुने गरे पनि यस बर्ष बिद्युतीय गाडीमा ग्राहकहरुको आकर्षण देखिएको छ ।

नाडा अटो शोको पहिलो दिन मंगलबार विभिन्न ब्राण्डका गाडीहरु सार्वजनिक गरिनुका साथै मूल्य समेत तोकिएको छ । अटो शोमा १७ लाखदेखि एक करोड ५० लाखभन्दा माथिका ईभी गाडीहरु समेत राखिएका छन् ।

  :