७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सार्वजनिक भयो जेकोको जे ६, मूल्य ६६ लाख ९९ हजार




काठमाडौं– चेरीको सब ब्राण्ड जेकोको जे सिक्स मंगलबार नाडा अटो शोमा सार्वजनिक गरिएको छ । ओमोडा गाडीको लागि नेपालको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले उक्त गाडी नेपाल भित्र्याएर नाडा अटो शोमा राखेको हो ।

कम्पनीले यस गाडीको मूल्य भने हाल ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । ओमोडा र जेको दुवै चेरी अन्तर्गतका सव ब्राण्ड हुन् । निकै आकर्षक देखिने जे सिक्समा ६९.५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ भने १३५ किलोवाट क्षमताको मोटर छ ।

४.४ मिटर लम्बाई भएको यो गाडीमा २.७ मिटर लामो ह्वीलबेस छ । यस गाडीमा भएको ब्याट्रीले फूल चार्जमा ५०१ किलोमीटर दूरी पार गर्न सक्छ ।

  :