७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ईभी किन्न चाहनेहरुलाई ग्लोबल आईएमई बैंकले सस्तो ब्याजदरमा कर्जा दिने




काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा गाडी किन्न चाहनेहरुका लागि ग्लोबल आईएमई बैंकले सरल र सहज ढंगबाट कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले बिद्युतीय गाडी (ईभी) खरिद गर्न चाहनेहरुका लागि ७.९९ प्रतिशतमा कर्जा उपलब्ध गराउने जनाएको छ । ५ बर्षभन्दा कम अवधिमा ऋण तिर्ने गरि ईभी किन्न चाहनेहरुका लागि ७.९९ प्रतिशत ब्याजदर र ५ बर्षभन्दा बढी अवधिमा ऋण तिर्ने गरी ईभी खरिद गर्न चाहनेहरुका लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।

यसैगरी इन्धनबाट चल्ने गाडी किन्न चाहने ग्राहकलाई बैंकले सुरुवाती ८.४९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । यो कर्जाको अवधि ५ वर्षभन्दा कम हुनेछ eg] ५ वर्ष भन्दा बढी अवधिका लागि पेट्रोलियम कार किन्ने ऋण लिन चाहने ग्राहकलाई बैंकले ९,४९ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले नाडा अटो शो २०२४ मा स्टल नं ई३२ मा आफ्नो जानकारी केन्द्र समेत राखेको छ । सोही स्टलमा भ्रमण गरेर थप जानकारी लिन सकिने समेत बैंकले जनाएको छ ।

  :