७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नाडा अटो शोमा बजाजको एनएस ४०० जेड मोटरसाइकल




काठमाडौं– बजाजको नेपालको लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौंमा जारी नाडा अटो शोमा बजाजको पल्सर सिरिजको एनएस ४०० जेड प्रदर्शनीमा राखेको छ । यसको मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपालमा नै एसेम्बल प्लान्ट खोलेर ६ बर्षदेखि मोटरसाइकल एसेम्बल गर्दै आईरहेको छ । एनएस ४०० जेडका थुपैै्र फिचरहरु रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ३७३ सीसीको यस मोटरसाइकलमा सिंगल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन छ जसले अधिकतम ४० बीएच पावर तथा ३५ एनएम टर्क उत्पादन गर्छ । यस्तै सिक्स स्पीडको गियर बक्स, स्लिप र असिष्ट क्लच, युनिक हेडल्याम्प, स्लिप्ट सिट, नयाँ रेडिएटर, बोल्ड स्टाइल डीआरएल, ट्यांक एक्सटेन्सन यो मोटरसाइकलको फिचरहरु रहेको कम्पनीले जनाएको छ ।

  :