७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नाडा अटो शोको पहिलो दिनमै २७ बुकिङ, २ सयभन्दा बढी बुकिङ हुने सीजी मोटर्सको अनुमान




काठमाडौं–नेपालको अटोमोबाइल बजारमा सीजी गु्रपले १० वटा ब्राण्ड बिक्री गर्दै आईरहेको छ । नाडा अटो शो २०२४ मा सीजी मोटर्सका बिक्री गर्दै आएका ८ ब्राण्ड एक्सपिङ,अवतार, एओन, रिडार, किङ्गलङ, हिरो, सीजी केवाईसी ब्राण्डका ८ वटा स्टल छन् ।

नाडा अटो शोको पहिलो दिनमा सीजी मोटर्सले आयात गरेका विभिन्न ब्राण्डका २७ वटा सवारी साधन बुकिङ भएको छ । सीजी मोटर्सले नाडा अटो शोमार्फत लञ्च गरेको अवतार ११ को ३ वटा, रिडारा आरडी ६ को ५ वटा, एक्सपेङको ६ वटा र नेटा एक्सको वटा गाडी बुकिङको भएको विज्ञप्तिमार्पmत जनाएको छ ।

यस्तै नेपाली बजारमा लोकप्रिय रहँदै आएको नेटा भीको पनि ६ वटा गाडी बुकिङ भएको छ । नाडा अटो शो २०२४ को अन्त्यसम्ममा विभिन्न ८ वटा ब्राण्डका दुई सय वटाभन्दा बढी सवारी साधन बुकिङ गर्न सफल हुने अनुमान पनि सीजी मोटर्सले गरेको छ ।

  :