माघ १५, २०८२ बुधबार | Thu Jan 29 2026

‘टोयोटा विजय उत्सव’ शुरु, कोरोला क्रस ईभीमा ३० प्रतिशत डाउन पेमेन्टमा डेलिभरीको व्यवस्था




काठमाडौं– टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले आज बिहिबारदेखि आगामी भाद्र १८ गतेसम्म ‘टोयोटा विजय उत्सव’ सञ्चालन गरेको छ ।

आउँदै गरेको दशैं, तिहार लगायतका चाडपर्वहरुलाई लक्षित गरेर कम्पनीले एक कार्यक्रमका बीचमा विभिन्न अफरहरु समेत सार्वजनिक गरेको छ । विजय उत्सजमा ग्राहकहरुका लागि कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा ३० प्रतिशत डाउन पेमेन्टमा डेलिभरीको विशेष व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

विभिन्न बैंकहरुको सहकार्यमा सहजै फाइनान्स सुविधा समेत उपलब्ध हुनेछ । कम्पनीका अनुसार तत्काल पुरानो गाडीको भ्यालुएसन, एक्सचेञ्ज बोनस, एक बर्षको पूर्ण बीमा, नगद छूट, फ्री रोड ट्याक्स, गिफ्ट ह्याम्परको पनि व्यवस्था छ । दैनिक लक्की ड्र पनि रहेको कम्पनीले जनाएको छ ।

  :