७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रिभियम ईभी ‘अवतार ११’ को मूल्य १० लाख घट्यो, अब १ करोड ३५ लाख




काठमाडौं– भृकुटीमण्डपको प्रदर्शनीस्थलमा भाद्र ११ गतेदखि जारी नाडा अटो शोमा विभिन्न ब्राण्डका बिद्युतीय सवारी साधन (ईभी)मा मूल्य युद्ध अर्थात ‘प्राइस वार’ देखिएको छ । विशेष गरि चिनियाँ ईभी उत्पादक कम्पनीहरुले आफ्नो ब्राण्डको गाडीको मूल्य घटाएर बिक्री गर्ने होडवाजी नै चलेको छ ।

यसै क्रममा नाडा अटो शोमा राखिएको प्रिमियम ईभी ‘अवतार ११’ को मूल्यमा पनि भारी छूट दिने घोषणा गरिएको छ । अवतारको आधिकारिक बिक्रेता सीजी मोटर्स र एमएडब्लु जोइन्ट भेञ्चर कम्पनीले अवतार ११ मा दश लाख मूल्य घटाएको घोषणा गरेको छ । यस अगाडि १ करोड ४५ लाख रुपैयाँ तोकिएको अवतार ११ अब १ करोड ३५ लाख रुपैयाँमा खरिद गर्न सकिनेछ ।

अवतार ११ पहिलो हलो स्क्रिन कार हो र यसले गाडीमा भएको अत्याधुनिक प्रविधि र असीमित लक्जरीको पहिचान दिन्छ । यसको कम्फर्ट, स्टाइल, टेक्नोलोजी र इनोभेसनद्वारा ड्राइभिङ गर्ने व्यक्तिलाई असीमित अनुभव प्रदान गर्नेछ । हिमालयको मुटुमा अवस्थित नेपालका प्रत्येक धरातलमा यो उपर्युक्त ईभी भएको दावी कम्पनीले गरेको छ ।

  :