माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

ईभी किन्न ग्लोबल आइएमई बैंकले सरल ब्याजदरमा ऋण दिने सम्झौता



काठमाडौं– ग्लोबल आइएमई बैंक, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रालि तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्सका ग्रुपका डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतामा एमएडब्लु वृद्धि मोटर्स एवं एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय गाडी दीपल, सेरेस र नामी खरिद गर्ने व्यक्ति वा कम्पनीहरूले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको तीन कार्यदिनभित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गराइने उल्लेख छ । दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडी नेपाली प्रयोगकर्ताहरुले निकै रुचाएका छन् ।


उक्त कम्पनीले नामी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा बिक्री सुरु गरिसकेको छ । ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न ग्लोबल आईएमई बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।

  :