६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

बीवाईडी ईभी बनाउने प्लेटफर्म पनि प्रदर्शनीमा



काठमाडौं– भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा अन्य ब्रान्डका सवारी साधनहरुको स्टलभन्दा बीवाईडी ईभीको स्टल भने फरक देखिएको छ ।

बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले स्टलमा गाडीहरु मात्र नभई गाडी उत्पादनको प्रविधिको बारेमा पनि ग्राहकहरुले जानकारी प्राप्त गरुन भनेर ईभी प्लेटफर्म प्रदर्शनीमा राखेको छ । अटो शोमा बीवाईडीले बनाएको ‘ई प्लेटफर्म ३.०’ हो । बीवाईडीका जति पनि गाडीहरु नेपाल भित्रिएका छन् ती सबै यसै प्लेटफर्ममा निर्माण भएका हुन् ।

नाडा अटो शोको स्टलमा बीवाईडीको ईभी प्लेटफर्म पनि प्रदर्शनीमा राखिएको छ । यो प्लेटफर्मलाई कम्पनीले प्योर इलेक्ट्रिक भेइकल उत्पादनका लागि विशेष तवरले विकास गरेको नेक्स्ट जेनेरेसन प्रविधि भएको जनाएको छ ।

बीवाईडीको यो प्लेटफर्मलाई कम्पनीले ब्लेड ब्याट्रीका लागि उपयोगी हुने गरी विशेष तवरले तयार पारेको हो । जहाँ एउटै प्लेटफर्मममा ८ मूख्य कम्पोनेन्टलाई सुरक्षित तवरबाट समायोजित गरिएको हुन्छ । जसका कारण ब्याट्रीको सुरक्षा र कारको पर्फमेन्सलाई प्रत्याभूत गर्न सकिने पनि कम्पनीले जनाएको छ । ईभी प्लेटफर्मको बारेमा जानकारी लिन बीवाईडीका स्टलमा भीड लाग्ने गरेको छ ।

  :