७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एनआईयूको इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक, मूल्य ९ लाख ९९ हजार




काठमाडौं–एनआईयू इलेक्ट्रिकले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल आइतबार सार्वजनिक गरेको छ । एनआईयू इलेक्ट्रिकको नेपालको लागि आधिकारिक वितरक इको इन्फिनिटीले नाडा अटो शो २०२४ को अन्तिम दिन आइतबार एनआईयू आरक्यूआई इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गरेको हो ।

नेपालमा शुरुवाती दिनदेखि इलेक्ट्रिक स्कूटर बिक्री गर्दै आएको कम्पनीले सार्वजनिक गरेको एनआईयू इलेक्ट्रिक मोटरसाइकलको मूल्य ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ५ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री रहेको यस इलेक्ट्रिक मोटरसाइकलमा ७.५ किलोवाट क्षमताको मोटर रहेको छ ।

४ घन्टामा फुल चार्ज गर्न सकिन्छ । यो मोटरसाइकलले फुल चार्जमा १०० किलोमिर रेन्ज दिने र बाइकलाई १०० किलोमिटर प्रतिघन्टाको गतिमा चलाउन सकिन्छ ।

मोटरसाइकलमा एलईडी लाइट, डबल डिस्क ब्रेक, कि–लेस इन्ट्रि एन्टिलक ब्रेकिङ सिस्टम, जीपीएस, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायत फिचर उपलब्ध छ ।

  :