७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

६ दिनमा एक हजारभन्दा बढी सवारी साधन बेच्न सफल भयो एमएडब्लु समूह




काठमाडौं– ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा चलेर आइतबार सम्पन्न भएको नाडा अटो शो २०२० मा एमएडब्लु समूहले १ हजारभन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधन बिक्री गर्न सफल भएको छ ।

यस बर्षको नाडा अटो शोमा एमएडब्लु समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दिपाल, अवतार र सेरेस लगायतका ब्राण्डहरुको लाइनअफ प्रदर्शनमा राखेको थियो । एमएडब्लुले राखेको हरेक स्टलमा दर्शकहरुको सहभागिता बाक्लो रहेको थियो ।

एमएडब्लु समूहका निर्देशक विष्णु अग्रवालले नाडा अटो शोप्रति कृतज्ञता र उत्साह व्यक्त गर्नुभयो । ‘नाडा अटो शोमा हाम्रो गाडीहरु प्रति ग्राहकहरुले देखाउनु भएको उत्साह र यसको अतुलनीय सफलताको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं, अग्रवालले भन्नुभयो– ‘हाम्रा ग्राहकहरूको अविश्वसनीय प्रतिक्रियाले हाम्रो अपेक्षाहरूलाई पुरा गरेको छ। यो उपलब्धि हाम्रो टोलीको कडा परिश्रम र समर्पणका साथै हाम्रा मूल्यवान ग्राहकहरूको विश्वास र समर्थनको प्रमाण हो।’

एमएडब्लु समूहले ल्याएको नामी ईभी नाडा अटो शोमा ७ सय १७ युनिट बुकिङ भएको छ । यस्तै एमएडब्लुले नै भित्र्याएको सेरेस ब्राण्डको पनि अटो शोमा २ सय १० युनिट बुकिङ भएको कम्पनीले जनाएको छ । यस्तै सोही समूहले भित्र्याएको दिपलको पनि १ सय ६५ युनिट बुकिङ भएको छ ।

  :