७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

काठमाडौं विश्वविद्यालयमा बीवाईडीको चार्जिङ स्टेशन सञ्चालनमा




काठमाडौं– काठमाडौं विश्वविद्यालय अन्तर्गत धुलिखेल क्याम्पसमा बीवाईडी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा र बीवाईडीको एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ स्वेलियाङले एक कार्यक्रमका बीच चार्जिङ स्टेशन उदघाटन गरेका हुन् ।


इलेक्ट्रिक सवारी र नवीकरणीय उर्जा समाधानको ग्लोबल लिडर रहेको बीवाईडी तथा हरित प्रविधिप्रति प्रतिबद्ध र वातावरणीय सचेत अभ्यासहरुलाई बढावा दिइरहेको काठमाडौं विश्वविद्यालय बीचको सहकार्यलाई यसले एक कदम अगाडि बढाएको छ ।

सो अवसरमा लिउ स्वेलियाङले काठमाडौं विश्वविद्यालय र बीवाईडी जस्तै शैक्षिक संस्था र औद्योगिक नेतृत्वको सहकार्यमा जोड दिदै यसबाट क्लिन इनर्जी टेक्नोलोजीको क्षेत्रमा थप अनुसन्धान र नवप्रवर्तन गर्न सहयोग पुग्ने बताए ।

यसबाट विद्यार्थी र सम्बन्धित संकायले विश्वमै बढिरहेको इलेक्ट्रिक सवारीको मागको वारेमा जानकारी लिनुका साथै दिगो विकासका लागि विश्वविद्यालयले खेल्न सक्ने महत्वपूर्ण भूमिका वारेमा जानकारी प्राप्त गरे ।

केयु र बीवाईडी बिचको यो सहकार्यबाट विद्यार्थीहरुका लागि विशेष गरी इन्टर्नसिप र जव प्लेसमेन्टका लागि रोमाञ्चक अवसरको ढोका खुलेको बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले जनाएको छ ।

युवा प्रतिभाहरुको विकास गर्ने बीवाईडीको प्रतिबद्धताले तीव्र रुपमा बढिरहेको इलेक्ट्रिक सवारी उद्योगको प्रत्यक्ष अनुभव गर्न काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुलाई सहयोग पुग्ने र यसबाट अत्याधुनिक प्रविधिको वारेमा जानकारी लिन र भविष्यमा क्लिन इनर्जीको क्षेत्रमा करियर निर्माण गर्न तयार गर्नेछ ।

  :